सुपर लिगमा लुम्बिनी र काठमाडौं भिड्ने • Image Khabar Image Khabar


सुपर लिगमा लुम्बिनी र काठमाडौं भिड्ने


Imagekhabar
२१ बैशाख २०७८, मंगलवार १२:१५

सुपर लिगमा लुम्बिनी र काठमाडौं भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स खेल्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी साढे पाँच बजे सुरु हुने छ ।

तीन खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा रहेको बुटवल आज काठमाडौंलाई पराजित गर्न सकेमा शीर्ष स्थानमा उक्लने छ ।

बुटवलले पहिलो खेलमा पोखरालाई हराएको थियो । चितवन र विराटनगरसँग भने बराबरी खेलेको थियो ।

बुटवललाई पराजित गरेमा काठमाडौं शीर्ष दुईभित्र उक्लने छ । काठमाडौं ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा छ ।

पहिलो खेलमा ललितपुरलाई हराएको काठमाडौं दोस्रो खेलमा धनगढीसँग पराजित भएको थियो । तेस्रो खेलमा काठमाडौंले पोखरासँग बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्