काठमाडौं, पुस ३ । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले शेफिल्ड युनाईटेडलाई ३-२ ले हराएको छ । शेफिल्डको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले दुई गोल गरेभने एन्टोनियो मार्टियलले एक गोल गरे । पराजित टोली शेफिल्डका लागि डेभिड म्याक्गोल्डरिकले दुई गोल गरेका थिए । जितसँगै म्यान्चेस्टर युनाईटेड १२ खेलबाट २३ अंक जोड्दै…