२०३० को एसियन गेम्स कतारले आयोजना गर्ने « Image Khabar


२०३० को एसियन गेम्स कतारले आयोजना गर्ने


Imagekhabar
२ पुष २०७७, बिहीबार १२:४४

काठमाडौं । सन २०३० को एसियन गेम्स आयोजना गर्ने जिम्मा कतारले पाएको छ ।

भोटिङका आधारमा कतारले एसियन गेम्सको जिम्मा पाएको हो ।

एसिएन गेम्स आयोजनाका लागि साउदी अरेबियाले पनि इच्छा देखाएको थियो ।

ओमानको मस्कटमा ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख अहमद फाद अल अहमद अल सबाहले सन २०३० को एसियन गेम कतारले आयोजना गर्न पाउने निर्णय सुनाएका थिए ।

यस्तै सन २०३४ को एसियन गेम्सको आयोजना भने साउदी अरेबियाले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्