काठमाडौं, भदौ २४ । लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी-२० बलिङ वरीयतामा सन्दीप एक स्थान खस्किनुभएको हो । नयाँ वरीयतामा सन्दीप ८०औं स्थानमा रहनुभएको छ । उहाँले कुल ३८९ रेटिङ अंक पाउनुभएको छ । यसअघि, आईसीसीले सार्वजनिक गरेको वरीयतामा उहाँ ७९औं स्थानमा रहनुभएको थियो ।…