प्रिमियर लिगको खेलाडी खरिद–बिक्री प्रक्रिया सुरू • Image Khabar Image Khabar


प्रिमियर लिगको खेलाडी खरिद–बिक्री प्रक्रिया सुरू


Imagekhabar
२७ जेष्ठ २०७८, बिहीबार ०७:१३

प्रिमियर लिगको खेलाडी खरिद–बिक्री प्रक्रिया सुरू

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको ‘समर ट्रान्सफर विन्डो’ (खेलाडी खरिद–बिक्री प्रक्रिया) खुला गरिएको छ ।

प्रिमियर लिगले जुन ९ बाट औपचारिक रुपमा ट्रान्सफर विन्डो खुलेको जनाएको छ ।

ट्रान्सफर विन्डो आगामी अगस्ट ३१ मा बन्द हुने प्रिमियर लिगले जनाएको छ ।

१२ हप्ताको यस अवधिमा प्रिमियर लिग क्लबले खेलाडी किनबेच गर्ने छन् ।

प्रिमियर लिगको सन् २०२०-०२१ सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

सन् २०२१÷०२२ को सिजनको खेल तालिका भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्