१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मनीको फराकिलो जित


0
Shares

एजेन्सी । जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा जर्मनीले लात्भियालाई ७–१ गोल अन्तरले हराएको हो ।

जर्मनको जितमा थोमस मुलरले झण्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय गोल गरे ।

युरो कपको तयारीस्वरुप खेलिएको खेलमा जर्मनीले फराकिलो जित निकालेको हो ।

पहिलो हाफमा जर्मनीले रोविन गोसेन्स, म्यान्चेष्टर सिटीका इल्के गुन्डोगन, मुलर, सर्ज ग्याब्री र एक आत्मघाति गोल भएको थियो ।

चेल्सीका फरवार्ड टिमो वार्नर र लिरो सानेले दुई गोल थपेपछि जर्मनीले प्रभावशाली जित निकाल्न सफल भयो ।

कप्तान म्यानुअल नेउर सय क्याप पुरा गर्ने पहिलो जर्मन गोलकिपर बने ।

युरोकपसँगै प्रशिक्षक जोचिम लेउले टिम छाड्ने घोषणा गरिसकेका छन् ।

गत बुधबार भएको खेलमा जर्मनीले डेनमार्कसँग १–१ गोलको बराबरी खेलेको थियो ।

हिजोको खेलमा लेउले टिममा चार परिवर्तन गरेका थिए ।

जर्मनीले युरो कपको पहिलो खेलमा विश्व च्याम्पियन फ्रान्ससँग खेल्नेछ ।

समूह एफमा रहेको जर्मनीसँगै पोर्चुगल र हंगेरीसमेत छन् ।