काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ । एन्फाको टेक्निकल कमिटिले बिहीबार फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । महिलाको एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपसम्मको लागि एन्फाले फिलिप्सलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यस अघि फिलिप्स प्राविधिक…