पोखरा, माघ १२ । पोखरामा यही माघ २७ देखि फागुन १ गतेसम्म राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखराले आज पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिता पोखरा रंगशालामा हुने जनाएको छ । गु्रपका अध्यक्ष नारायणप्रसाद शर्माले महिलातर्फ चार र पुरुषतर्फ चार गरी ८ टिमको सहभागिता रहने जानकारी दिनुभयो…