‘बी’ डिभिजन लिगः रानीपोखरी र नयाँ बस्ती, झम्सिखेल र बोइज् युनियन भिड्ने • Image Khabar Image Khabar


‘बी’ डिभिजन लिगः रानीपोखरी र नयाँ बस्ती, झम्सिखेल र बोइज् युनियन भिड्ने


Imagekhabar
१३ फाल्गुन २०७७, बिहीबार ०८:३०

‘बी’ डिभिजन लिगः रानीपोखरी र नयाँ बस्ती, झम्सिखेल र बोइज् युनियन भिड्ने

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो सवा १२ बजे रानीपोखरी कर्नर टिम र नयाँ बस्ती युवा क्लब खेल्ने भएका छन् ।

त्यसैगरी दिउँसो साढे ३ बजे हुने दोस्रो खेलमा झम्सिखेल युथ क्लब र बोइज् युनियन क्लबले प्रतिष्पर्धा गर्ने छन् ।

यसअघि हिजोको खेलमा बाँसबारी क्लब र श्रीकुमारी क्लब विजयी भएका थिए ।

बाँसबारीले टुसाललाई ३–१ गोल अन्तरले र श्री कुमारी क्लबले श्री भगवती क्लबलाई ४–१ गोल अन्तरले हराएको हो ।

प्रतिक्रिया दिनुहोस्