राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा फिलिप्स नियुक्त • Image Khabar Image Khabar


राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा फिलिप्स नियुक्त


Imagekhabar
१३ फाल्गुन २०७७, बिहीबार १७:२०

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा फिलिप्स नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ । एन्फाको टेक्निकल कमिटिले बिहीबार फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

महिलाको एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपसम्मको लागि एन्फाले फिलिप्सलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यस अघि फिलिप्स प्राविधिक निर्देशनको रूपमा काम गरिरहेका थिए ।

गत वर्ष नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पछि महिला टोली प्रशिक्षक विहीन छ । सागको फाइनलमा भारतसँग पराजित भएपछि मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका थिए ।

पोखरामा भएको फाइलन खेलपछि महिला टोलीले हालसम्म कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । अष्ट्रेलियन ग्यारी गत वर्षको कार्तिकबाट एन्फामा प्राविधिक निर्देशकमा नियुक्त भएका थिए । कोरोना महामारीका बीच घर फर्किएका उनी नयाँ सम्झौता लगत्तै गत महिना नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्