काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा स्पिनर शाहब आलमको उत्कृष्ट बलिङमा काठमाडाैं गोर्खाज प्लेअफमा प्रवेश गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएकाे पहिलाे खेलमा काठमाडाैंले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेकाे हाे। याे जितसँगै काठमाडाैं १० अंकसहित प्लेअफमा पुगेको छ। काठमाडाैंलाई प्लेअफमा पुर्याउने क्रममा स्पिनर आलमले अन्तिम ओभरमा ह्याट्रिकसहित…