काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सको अपराजित यात्रा जारी रहेकाे छ ।
दिल्लीमा शनिबार भएको खेलमा पञ्जावले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेकाे हाे । पहिले व्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा २ विकेट गुमाएर २ सय ६४ रन बनायो । उसका लागि लोकेश राहुलले अविजित १ सय ५२ रन तथा नितिश रानाले ९१ रन जोडेका छन् । जवाफमा २ सय ६५ रनको विशाल लक्ष्य पञ्जावले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । पञ्जावको जितमा प्रभसिम्रन सिंहले ७६ रन तथा कप्तान श्रेयस ऐयरले अविजित ७१ रन जोडेका हुन्।
याे जितसँगै पञ्जावले आईपीएलको अंक तालिकामा आफ्नो अग्रता जारी राखेकाे हाे। ७ खेलबाट पञ्जावको १३ अंक भएको छ । समान खेलबाट रोयल च्यालेन्जर्स बैंगलाेर, सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सको १०–१० अंक छ । त्यस्तै, शनिबारै राति भएकाे अर्काे खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेकाे हाे ।
आईपीएल क्रिकेटमा आइतबार पनि दुई खेल हुने भएका छन् । पहिलाे चरणमा आइतबार दिउँसो पौने ४ बजेदेखि चेन्नाईमा हुने खेलमा चेन्नाई सुपर किंग्स र गुजरात टाइटान्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे। दाेस्राे चरणमा आइतबार रति पौने ८ बजेदेखि लखनउमा लखनउ सुपर जायन्ट्सले कोलकता नाइट राइडर्सकाे सामना गर्ने भएकाे छ ।









प्रतिक्रिया दिनुहोस्