Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


आईसीसी क्रिकेट विश्वकप लिग-२ काे लागि तयारी अन्तिम चरणमा

शनिबार पहिलो खेलमा नेपाल र यूएईसँग प्रतिस्पर्धा गर्ने

1k
Shares

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, यूएई र ओमान सम्मिलित त्रिकोणात्मक शृङ्खलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

एक दिवसीय विश्वकप छनोटका दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिएको यो लिग–२ शृङ्खलामा नेपालले घरेलु मैदानमा यूएई र ओमानसँग प्रतिस्पर्धा गर्ने भएका हुन् । यहि वैशाख १२ गते शनिबार बिहान साढे ९ बजे पहिलो खेलमा नेपाल र यूएईसँग प्रतिस्पर्धा गर्ने भएका छन् । दोस्रो खेलमा १४ गते सोमबार भने यूएई र ओमान भिड्दैछन् भने तेस्रो खेलमा नेपाल र ओमान १६ गते बुधबार प्रतिस्पर्धा गर्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तीन खेलको टिकट खल्ती एपमार्फत् किन्न सकिने क्यानले जनाएको हाे । टिकट बिहीबार साँझ ७ बजेपछि खुल्ने क्यानले जानकारी गराएकाे छ । विश्वकप लिग–२ मा नेपालले २० खेल खेल्दा पाँचमा जित निकाल्दै १२ अङ्क मात्र बनाएको छ । तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।

अन्तिम स्थानमा रहेको यूएईले समान खेलमा १० अंक जोडेको हाे । ओमान भने बलियो अवस्थामा छ । २४ खेल खेल्दा २९ अंकसहित तेस्रो स्थानमा छ ।