Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


आईपीएल क्रिकेटमा चेन्नई किंग्सकाे मुम्बई इन्डियन्समाथि विशाल जित

आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स र गुजरात टाइटन्सबीच प्रतिस्प्धा हुने

247
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई १ सय ३ रनकाे फराकिलाे अन्तरले पराजित गरेको छ ।

मुम्बईको वानखेडे मैदानमा बिहीबार राति भएको खेलमा चेन्नईले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा १०४ रनमै अलआउट भएकाे हाे । मुम्बईका तिलक वर्माले ३७ र सूर्यकुमार यादवले ३५ रन बनाए पनि अरू ब्याटरले खासै योगदान दिन सकेनन् । चेन्नईका अकिल होसिनले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए ।

त्यस्तै, नूर अहमदले २ विकेट लिएका छन्। त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । चेन्नईका सञ्जु सामसनले अविजित १०१ रन बनाए । मुम्बईका अल्लाह मोहम्मद गजनफर र आश्विन कुमारले समान २ विकेट लिएका हुन् ।

यो खेलपछि प्रतियोगिताको अङ्क तालिकामा चेन्नई पाँचौँ स्थानमा उक्लिएको छ । मुम्बई आठौं स्थानमा यथावत् रहेकाे हाे। आइपिएलका सबैभन्दा सफल दुई टोलीबीचको प्रतिस्पर्धा भएकाले खेल शुरूदेखि नै रोमाञ्चक बनेको थियो ।

आईपीएल क्रिकेटमा शुक्रबार राति पौने ८ बजे रोयल च्यालेन्जर्स बैंगलाेर र गुजरात टाइटन्सबीच प्रतिस्प्धा हुने भएकाे छ।