काठमाडौं, मंसिर २९ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट संघका कप्तान ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ । क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई जिम्मेबारीबाट हटाउने निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिनुभयो । अनुशासन उल्लंघन गरेको सम्बन्धमा गठन भएको छानबिन समितिको सिफारिसका आधारमा मल्ल, ऐरि,…