सिटीद्धारा युनाइटेड पराजित « Image Khabar


सिटीद्धारा युनाइटेड पराजित


1.274k
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले लिड्स युनाइटेडलाई ७–० ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले दुई गोल गर्दा फिल फोडेन, ज्याक ग्रिएलिस, रियाद माहारेज, जोन स्टोन्स र नाथन आकेले एक एक गोल गरे ।

जितसँगै म्यान्चेस्टर सिटीले लिग तालिकामा दोस्रो स्थानको लिभरपुलसँग ४ अंकको अग्रता बनाएको छ । लिगमा १७ खेलबाट म्यान्चेस्टर सिटीको ४१ अंक भएको छ । एक खेल कम खेलेको लिरभपुलको ३७ अंक हुँदा तेस्रो स्थानको चेल्सीको ३६ अंक छ ।

प्रिमियर लिगकै अर्को खेलमा गएराति एस्टन भिल्लाले नरिच सिटीलाई २–० ले हरायो । नरिचलाई उसैको मैदानमा पराजित गर्न भिल्लाका ज्याकोब राम्से र ओले वाट्किन्सले एक एक गोल गरे ।