काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले १६ औं संस्करणको एनएनआईपीए स्पोर्टस् अवार्ड फागुन तेस्रो साता गर्ने भएको छ । एनएनआईपीएले बिहीबार पत्रकार सम्मेलन गरेर हरेक वर्ष आयोजना गर्दै आएको अवार्ड फागुन १७ गते आयोजना गर्ने जनाएको हो । संघका महासचिव शिव सुन्दर गोथेले अवार्ड ललितपुरस्थित बज्र बाराही मन्दिर परिसरमा आयोजना हुने जानकारी…