
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच भिडन्त हुँदैछ ।
आज राति ७ः४५ बजे मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीचको खेल पुणेमा हुनेछ ।
लगातार ४ खेलमा हार व्यहोरेको मुम्बई पहिलो जितको खोजीमा रहने छ । अहिलेसम्म मुम्बई अंक विहीन रहँदै पुछारमा रहेको छ । यस सिजनमा जित बिहीन रहने मुम्वई मात्र एक टोली हो ।
यता, दुई खेलमा जित निकालेको पञ्जाब तेस्रो जितको लक्ष्यमा रहने छ । यसअघि पञ्जाब ४ खेलमा ४ अंक जोद्दै सातौं स्थानमा रहेको छ ।
यी दुई टोलीबीच भएको पछिल्लो पाँच पटकको खेलमा मुम्बईले ३ खेलमा जित निकालेको थियो भने पञ्जाबले २ पटक मुम्बईलाई हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्