मड्रिडद्वारा एथ्लेटिको पराजित « Image Khabar


मड्रिडद्वारा एथ्लेटिको पराजित


0
Shares

एजेन्सी । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले एथ्लेटिको मड्रिडलाई २–० ले हराएको छ । रियाल मड्रिडको मैदानमा गएराति भएको मड्रिड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन करिम बेन्जमा र मार्को एसेन्सीयोले एक एक गोल गरे ।

जितसँगै रियाल मड्रिडले तालिकाको शिर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । लिगमा १७ खेलबाट रियाल मड्रिडको ४२ अंक छ । एक खेल कम खेलेको सेभिया ३४ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको रियाल बेटिसको ३३ अंक छ ।

गएराति भएको अर्को खेलमा बार्सिलोना भने ओसासुनासँग २–२ गोलको बराबरीमा रोकिएको छ । खेलमा बार्साको लागि गोन्जालेज इग्लेसियास र इजाल्जुलीले दुई गोल गरे ।

तर ओसासुनाका डेभिड गार्सिया र इजेक्वेल एभिलाले एक एक गोल गर्दै फर्काउदै खेल बराबरी गरेका हुन् । ला लिगाकै अन्य खेलहरुमा रियाल बेटिसले रियाल सोसिडाडलाई ४–० ले हराउँदा भियारियालले रायो भायकानोमाथि २–० को जित निकाल्यो ।