काठमाडौं । मलेसिया–११ लाई सात विकेटले हराउँदै नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधी रुपन्देही ११ ले जितेको छ । भैरहवाको सिद्धर्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार भएको फाइनलमा एक सय १४१ रनको लक्ष्य रुपन्देहीले १९ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । रुपन्देहीका प्रज्वल थापाले सर्वाधिक ७१ रन बनाए । यस्तै सन्दिप रजाइली ४१ रनको योगदान गरे…