काठमाडौं । एसीसी एसिया कप क्रिकेटका क्वालिफायरका खेलहरू ओमानमा हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले बुधबार विज्ञप्ति निकालेर छनोट खेलहरू ओमानमा हुने जानकारी दिएको हो । यही अगस्ट २७ बाट यूएईमा सुरु हुने एसिया कपका लागि छनोट प्रतियोगिता अगस्ट २० बाट २४ सम्म हुनेछ । प्रतियोगितामा सिंगापुर, युएई, हङकङ र कुबेत सहभागी हुने…