रियल सोसिडाडले हरायो म्यान्चेस्टर युनाइटेडलाई « Imagekhabar – Online News Portal of Nepal
९ आश्विन २०७९, आईतवार | Sun Sep 25 2022


रियल सोसिडाडले हरायो म्यान्चेस्टर युनाइटेडलाई


1.079k
Shares

काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा म्यानचेस्टर युनाईटेड स्पेनिस क्लब रियल सोसिडाडसँग पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा युनाईटेड घरेलु मैदानमा सोसिडाडसँग १–० ले पराजित भएको हो ।

सोसिडाडको जितमा ब्रेस मेन्डेजले ५९ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्यो ।

जितसँगै समूह ई को सोसिडाडले ३ अंक जोडेको छ । युनाईटेडले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यहि समूह ‘ई’ को अर्को खेलमा एफसी सेरिफले ओमोनिया निकोसियालाई ३–० ले पराजित गरेको छ ।