काठमाडौं । विभागीय टोलीद्वय त्रिभुवन आर्मी र एपिएफले शुक्रवार एन्फा महिला फुटबल लिगमा विपक्षी टोलीमाथि हाबी हुँदै गोल वर्षा गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८–० र दोस्रो खेलमा आर्मीले चन्द्रपुरमाथि १०–० को गोल वर्षा गरेको हो । त्रिभुवन आर्मीले जितसँगै सात खेलबाट १६ अंक जोडेको छ ।…