Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


४ महिनाभित्र शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत


273
Shares

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) र शीर्ष डिभिजन क्लबबीच अबको १ सय २० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको छ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मंगलबार बोलाएको सरोकारवालासँगको छलफलमा एन्फा पदाधिकारी र शीर्ष डिभिजन क्लबबीच अबको ४ महिनाभित्र लिग गर्ने सहमति भएको हो। सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले बोलाएकोे छलफलमा एन्फाले शीर्ष डिभिजन लिग फागुन अन्तिम सातादेखि गर्ने प्रस्ताव अघि सारेको थियो । यसका लागि मन्त्री आफैैंले एन्फालाई लिगको मिति प्रस्ताव गर्न आग्रह गरेका थिए ।

यहि कार्तिक १७ गते सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा र क्लबबीच सम्पन्न बैठकबाट आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग गर्ने सहमती जुटेको थियो । त्यसैगरी उक्त बैठकले अर्को वर्षको पुस ३ गते शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति पनि जुटाएको थियो । यो वर्ष पनि लिग नहुने भएपछि नेपाल फुटबल खेलाडी संघले गत बिहीबार धर्ना कार्यक्रम गरेको थियो। खेलाडी संघले एक साताभित्रमा एक डिभिजन लिग गर्ने सुनिश्चित नभए आन्दोलनलाई जारी राख्ने चेतावनी दिएको थियो ।

मंगलबार शीर्ष डिभिजन क्लबसँगै खेलाडी संघका पदाधिकारी पनि बैठकमा सहभागी भएका थिए।