Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


ए डिभिजनको मागसहित आन्दोलनमा उत्रिएका खेलाडीलाई एन्फाले बोलायो वार्तामा

छलफलबाटै विवाद टुंग्याउन आग्रह

169
Shares

काठमाडाैं । ए डिभिजनको मागसहित बिहीबारदेखि आन्दोलनमा उत्रिएका खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले वार्तामा बोलाएको छ।

आइतबार एन्फाले प्रेस विज्ञप्तिमार्फत नेपाल फुटबल खेलाडी संघका प्रतिनिधिलाई सोमबार वार्ताका लागि आह्वान गरेको हो। गत सोमबार एन्फा र शीर्ष डिभिजन क्लबबीचको बैठकले यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने निर्णय गरेको थियो । शीर्ष डिभिजन लिगको साट्टो राष्ट्रिय लिग गर्ने सहमती जुटेपछि खेलाडीहरु आक्रोशित भएका थिए ।

तीन दिनपछि खेलाडी संघले एन्फा लिगबाट भाग्न खोजेको र लिग हुनैपर्ने भन्दै आह्वान गरेको आन्दोलनमा जेन्जी युवा तथा पूर्वखेलाडी र प्रशिक्षकहरुले पनि ऐक्यबद्धता जनाएका थिए । एन्फा प्रवेश गर्न नपाएपछि खेलाडीले विरोधस्वरुप मेडल झुन्डाएर धर्ना कार्यक्रम गर्दै आएका थिए।