काठमाडौं । सगरमाथाको सफल आरोहण गरेकी जुडो खेलकी अन्तर्राष्ट्रिय ओलम्पियन डा. सब्रिना फिल्जमोसरलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बधाई दिनुभएको छ । राखेपका सदस्य सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा अस्ट्रियाकी सब्रिनालाई भेट गर्दै सफल आरोहरण गरेकोमा बधाई दिनुभएको हो । घिसिङले उनको सफल आरोहणबाट चुनौतिपूर्ण कार्य खेलाडीबाट हुन सक्छ भन्ने पुष्टि भएको…