राखेपका सदस्य सचिव घिसिङ र डा. सब्रिनाबीच भेट « Imagekhabar – Online News Portal of Nepal
१९ असार २०७९, आईतवार | Sun Jul 3 2022


राखेपका सदस्य सचिव घिसिङ र डा. सब्रिनाबीच भेट


117
Shares

काठमाडौं । सगरमाथाको सफल आरोहण गरेकी जुडो खेलकी अन्तर्राष्ट्रिय ओलम्पियन डा. सब्रिना फिल्जमोसरलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बधाई दिनुभएको छ ।

राखेपका सदस्य सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा अस्ट्रियाकी सब्रिनालाई भेट गर्दै सफल आरोहरण गरेकोमा बधाई दिनुभएको हो ।

घिसिङले उनको सफल आरोहणबाट चुनौतिपूर्ण कार्य खेलाडीबाट हुन सक्छ भन्ने पुष्टि भएको बताउनुभयो ।

सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल आरोहण गरेकी हुन् । सगरमाथा आरोहण यात्रा सब्रिनाले पश्चिम बंगालको डिघास्थित समुद्री सतहको जिरो लेभलबाट सुरु गर्नु भएको थियो ।

त्यहाँदेखी बेस क्याम्पसम्म पुग्न सब्रिनाले साइकल र पैदल यात्रा गर्नु भएको थियो । यात्रामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता साइक्लिस्ट लक्ष्मी मगर र अर्का साइक्लिस्ट हर्कबहादुर तामाङले सब्रिनालाई सहयोग गर्नुभएको थियो ।