काठमाडौं । अन्जन विष्टले पहिलो हाफमै ह्याट्रिक पूरा गरेपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराएको छ। नेपालले घरेलु मैदानमा बंगलादेशलाई ३–१ ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले पहिलो हाफमा ३–० को अग्रता लिदा दोस्रो हाफमा एक गोल खाएको थियो । नेपालका लागि अन्जन विष्टले ह्याट्रिक पूरा गर्दा बंगलादेशका सजजाद…