नेपालले हात पार्‍याे एसिया दक्षिण एसियाली जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनशिप « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


नेपालले हात पार्‍याे एसिया दक्षिण एसियाली जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनशिप


1.807k
Shares

काठमाडाैं । भारतको गुवाहाटीमा भएको एसिया दक्षिण एसियाली जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनशिप २०२२ को यू–१५ उमेर समूहमा नेपालले जित हात पारेको छ ।

मिक्स टिम इभेन्टको प्रतियोगितामा नेपाल माल्दिभ्स र भूटानलाई समान ५–० ले पराजित गर्दै विजयी भएको नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार खेलाडीले राम्राे तरिकाले प्रतिस्पर्धा गरेका थिए ।