काठमाडौं । थाइल्याण्डमा सम्पन्न एएसबीसी एशियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङलाई आइतबार ओलम्पियन शिरिष गुरुङको फाउण्डेसनले नगदसहित सम्मान गरेको छ । फाउण्डेसनले आइतबार एक कार्यक्रम गरी बक्सर तामाङलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । फाउण्डेसनका तर्फबाट कोषाध्यक्ष सपना गुरुङले सुस्मालाई चेक हस्तान्तरण गर्नुभयो । एशियन…