
एजेन्सी । बेल्जियमले युरोकप छनोटमा स्विडेनलाई हराएको छ ।
शुक्रबार राति समूह ‘एफ’ को पहिलो खेलमा बेल्जियमले स्विडेनलाई ३–० ले हराएको हो ।
बेल्जियमका लागि रोमेलु लुकाकुले ह्याट्रिक पूरा गरे ।
उनले खेलको ३५ औं, ४९ औं र ८२ औं मिनेटमा गोल गरे ।
यहि समूहको अर्को खेलमा अष्ट्रियाले अजरवैजानलाई ४–१ ले पराजित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्