१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


थ्री नेसन्स कप : आज भुटान र लाओस भिड्दै


377
Shares

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भुटान र लाओस भिड्दैछन् । यो खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

थ्री नेसन्समा भुटानको यो पहिलो खेल हो । लाओसको भने दोस्रो खेल हो ।

भुटान लाओसविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । लोआस पहिलो जित निकाल्दै फाइनलको सम्भावना कायम राख्न चाहन्छ ।

पहिलो खेलमा लाओस नेपालसँग २–० ले पराजित भएको थियो ।

प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ । नेपालले मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।