काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक आयोजना हुन लागेको यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि आगामी असार १ सम्म चल्ने प्रतियोगिताको खेल तालिका सर्वाजनिक गरेको हो । प्रतियोगिताको पहिलो दिन तीन वटा खेल हुने भएका छन् । कालिञ्चोक क्रिकेट मैदानमा…