Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


यूईएफए च्याम्पियन्स लिगमा बायर्न म्युनिखको बोडो ग्लिमटमाथि शानदार जित


39
Shares

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा माइकल ओलिसको उत्कृष्ट प्रदर्शनमा जर्मन क्लब बार्यन म्युनिखले शानदार विजयी शुरुवात गरेको छ।

एलियान्ज एरिनामा बिहीबार राति भएकाे खेलमा घरेलु टोली बायर्नले नर्बेको बोडो ग्लिमटविरुद्ध ५–० को एकतर्फी जित दर्ता गरेको हो । बायर्नलाई जित दिलाउन ओलिसले दुई तथा जमाल मुसियाला, ह्यारी केन र अल्फन्सो डेभिसले एक–एक गोल गरेका थिए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ४७औँ मिनेटमा मुसियालाको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ६१औँ मिनेटमा केनले टोलीको अग्रता दोब्बर बनाएका छन् । डेभिसले ७७औँ मिनेटमा गोल गर्दा बायर्न ३–० ले अगाडि बढ्यो । ६ मिनेटपछि ओलिसेले टोलीका लागि चौथो गोल गरेका थिए ।

रक्षक ओडिन ब्योर्तुफ्टले रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि ८७औँ मिनेटमा ग्लिमट १० खेलाडीमा समेटिएको थियो। इन्जुरी टाइममा ओलिसेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरेका हुन् ।

Skip This