काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री तथा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले क्रिकेट पूर्वाधार निर्माण र व्यवसायीकरणका लागि यथेष्ठ लगानीको वातावरण बनाउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा सुरु भएको नेपाल क्रिकेट संघको केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले समितताहरु हुँदाहुँदै पनि नेपाली क्रिकेटको प्रस्तुती गौरवयोग्य रहेको बताउनुभयो ।…