
काठमाडौं । साफ यू-१९ च्याम्पियनशिपमा नेपाल पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको छ ।
बिहीबारदेखि दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको हो ।
पहिलो हाफ गोलरहीत बराबरीमा सकिएकोमा दोस्रो हाफमा पाकिस्तानले गोल गरेको हो । यस्तै, यस अघिको खेलमा बंगालदेशमाथि जित हात पार्दै भारतले साफ यू–१९ च्याम्पियनशिपमा विजय सुरुवात गरेको छ ।
दशरथ रंगशालामा आज भएको पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० को गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजय सुरुवात गरेको हो ।
प्रतिक्रिया दिनुहोस्