काठमाडौं, वैशाख ६ । कीर्तिपुर मैदानमा जारी नेपाल र नामिबियाबीचको क्रिकेट म्याचमा नामिबियाले नेपाललाई २४० रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरको खेलमा नामिबियाले नौ विकेट गुमाउँदै २३९ रन बनाएको हो ।नामिबियाका लागि स्टेफन बार्डले सर्वाधिक ५१ रन बनाए । त्यस अतिरिक्त जाने ग्रिनले ४७, सरेल बर्गरले अविजित ४३ रन बनाएका थिए ।नेपालका लागि…