३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


त्रिभुवन आर्मीलाई पराजित गर्दै प्रहरीलाई उपाधि


0
Shares

झापा, वैशाख ५ । झापाको दुहागढी–६ धाइजनमोडमा जारी तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगिताको उपाधि नेपाल प्रहरीले हात पारेको छ ।

आज भएको फाइनल खेलमा नेपाल प्रहरीले त्रिभुवन आर्मी क्लबलाई २५–१७, २५–१८, २५–१४ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै प्रहरीले तीन लाख १५ हजार नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता त्रिभुवन आर्मीले एक लाख ७५ हजार  र तेस्रो हुने सशस्त्र प्रहरीले एक लाख १० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

वैशाख २ गतेबाट संचालन भएको तेस्रो राष्ट्रिय पुरुष भलिवल लिग प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको थियो ।