५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


प्रहरीको पूर्वाञ्चल भलिबल टिमलाई उपाधि


0
Shares

धनकुटा, वैशाख ५ । नेपाल प्रहरीको पूर्वाञ्चल भलिबल टिमले ११औं रामनवमी अन्तर्राष्ट्रिय आमन्त्रण खुला भलिबल प्रतियोगिताको उपाधि उचालेको छ ।

धनकुटाको हिलेमा आज भएको फाईनल खेलमा नेपाल प्रहरीले संखुवासभा भलिबल टिमलाई २५–१५, २५–२३ र २५–१९ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

उपाधिसँगै बिजेता टोलीले नगद रु ५५ हजार हात पारेको छ भने उपविजेता टोलीले ३५ हजारमा चित्त बुझाएको छ ।

आजै भएको सेमिफाईनल खेलमा प्रहरीले श्री नम्वर दुई बाहिनी अड्डा हिलेको आर्मी भलिबल टिमलाई पराजित गर्दै तथा संखुवासभाले ढाका क्लव दिल्लीलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।

रामनवमीको दिनबाट सुरु भएको प्रतियोगितामा भारतको एक सहित विभिन्न ६ टोलीको सहभागिता थियो ।