१३ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025


झापा–११ लाई पन्छाउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा


0
Shares

पोखरा, वैशाख ५ । झापा–११ लाई हराउँदै मनाङ मर्स्याङ्दी क्लव पोखरामा जारी पाँचौं मनकामना केबलकार पोखरा कप फुटबलकोे सेमिफाईनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा झापा–११ लाई १—० गोल अन्तरले हराउँदै मनाङ मर्स्याङ्दी अन्तिम चारमा पुगेको हो ।

खेलको अतिरिक्त समयमा मनाङ मर्स्याङ्दीका विश्वास श्रेष्ठले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो ।

आजको खेलको म्यान अफ द म्याच विश्वास श्रेष्ठ भए ।

भोलिको खेल थ्री स्टार क्लब र त्रिभुवन आर्मीबीच हुनेछ । पोखरा कपमा दोस्रो र तेस्रो संस्करणको विजेता मनाङले फाईनल प्रवेशको लागि बैशाख ८ गते सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्ने छ ।