काठमाडाैं । फिफा विश्वकप फुटबलको समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र डीआर कङ्गो नकआउट चरणमा प्रवेश गरेका छन् । मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया शीर्ष स्थानमा प्रवेश गरेकाे हाे। गोलरहित बराबरीपछि पोर्चुगल उपविजेताको रूपमा नकआउट चरणमा पुग्यो । इन्जुरी समयमा कोलम्बियाले गरेको गोल अफसाइड भएकाे…