काठमाडौं, मंसिर २९ । नेपालका रत्नजित तामाङ र शिक्षा श्रेष्ठ नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार रत्नजितले भारतका अमन कुमारलाई पुरुष एकलमा २१–१३ र २१–१९ को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरे । यस्तै, महिला एकलतर्फ शिक्षाले बंगलादेशकी एलिना सुल्तानलाई २२–२०, १९–२१ र…