मध्यमाञ्चलबाट तेक्वान्दोका १६ खेलाडी छानिए « Image Khabar


मध्यमाञ्चलबाट तेक्वान्दोका १६ खेलाडी छानिए


Imagekhabar
२९ मंसिर २०७३, बुधबार १९:०३

बारा, मंसिर २९ । विराटनगरमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट तेक्वान्दो खेलका खेलाडी छनोट भएका छन् ।

बाराको सिमरामा सम्पन्न क्षेत्रीय छनोट प्रतियोगिताबाट ८ पुरुष र ८ महिला गरी १६ खेलाडी राष्ट्रिय खेलकुदका लागि छनोट भएका हुन् ।

मंसिर २६ गतेदेखि सिमरामा सुरु भएको छनोट प्रतियोगितामा १९ जिल्लाका तीन सय चारजना खेलाडी सहभागी थिए ।

प्रतियोगितामा चार स्वर्ण र चार कास्य जित्दै काठमाडौं प्रथम भएको छ ।

यसैगरी, भक्तपुर दुई स्वर्ण, दुई रजत र दुई कास्य जित्दै दोस्रो भएको छ भने दुई स्वर्ण, एक रजत र तीन कास्यपदकसहित चितवन तेस्रो भएको छ ।

प्रतिक्रिया दिनुहोस्