आर्सनललाई एभर्टनले हरायो, आज राति आठ खेल हुँदै « Image Khabar


आर्सनललाई एभर्टनले हरायो, आज राति आठ खेल हुँदै


Imagekhabar
२९ मंसिर २०७३, बुधबार ०७:२२

काठमाडौं, मंसिर २९ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राती भएको खेलमा आर्सनल पराजित भएको छ ।

लण्डन क्लव आर्सनललाई एभर्टनले २-१ ले पराजित गरेको हो । खेलमा आर्सनलका अलेक्सीस सान्चेजले पहिलो गोल गरेपनि एभर्टनका सिमस कोलम्यान र आस्ले विलियम्सले १-१ गोल गर्दै टोलीलाई जिताएका हुन् ।

प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा बर्नमाउथले लेष्टर सिटीलाई १-० ले हराएको छ ।

आफ्नै मैदानमा भएको खेलमा बर्नमाउथलाई विजयी गराउन मार्क पुगले निर्णायक गोल गरे । इङ्गलिस प्रिमियर लिग फुटबलमा बुधबार राती आठ खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्