काठमाडौं, साउन ३० । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी सरस्वती चौधरीले जापानमा एकमहिने भलिबल प्रशिक्षण लिने भएकी छन् । उनले जापानको तुसुकुवा युनिभर्सिटीमा प्रशिक्षण लिने छिन् । जापानका भलिबल प्रशिक्षक सुन्जीयाना गिता, सशस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राई र नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्व खेलाडी देवनारायण चौधरीको पहलमा सरस्वतीले उक्त अवसर प्राप्त गरेकी हुन्…