Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


घानालाई पराजित गर्दै क्यामरुन फाइनलमा, इजिप्टसँग उपाधिका लागि भिड्ने

गएराति भएको सेमिफाइनलमा क्यामरुनले घानालाई २–० ले हराएको हो । खेलमा क्यामरुनलाई विजयी गराउन मिचेल गाद्जुई र क्रिश्चियन बासोगगले एक–एक गोल गरे । जितसँगै क्यामरुनले इजिप्टसँगको फाइनल भिडन्त तय गरेको छ । अफ्रिकी महादेशको सबैभन्दा सफल टोली ईजिप्टले पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई टाईब्रेकरमा हराउँदै फाइनलमा ठाउँ पक्का गरेको थियो ।