१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सिमरा गोल्डकपको उद्घाटन खेलमै आयोजक स्तब्ध, सरस्वती क्वार्टरफाइनलमा


0
Shares

प्रतियोगितामा आयोजक नव जनजागृति युवा क्लबलाई हराउँदै सरस्वती युथ क्लबले विजयी सुरुआत गरेको छ ।

सिमरा रंगशालामा विहीबार भएको उद्घाटन खेलमा सरस्वतीले आयोजकमाथि २–० को जित निकालेको हो ।

सरस्वतीको जितमा तीर्थ बस्नेत र जोनम लिगलले एक–एक गोल गरे । जितसँगै सरस्वती प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

‘ए’ डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले पाँच लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछन् भने अरु उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।