झापा, साउन २९ । ब्राजिलमा चलिरहेको रियो ओलम्पिकमा सहभागी शरणार्थीको मनोबल बढाउने उद्देश्यले झापाको बेलडाँगी भुटानी शरणार्थी शिविरमा शनिबार मिनी म्याराथन दौड प्रतियोगिता गरिएको छ । शरणार्थी खेलाडीको हौसला बढाउन गरिएको मिनी म्याराथनमा ‘शरणार्थी र स्थानीयबासी हामी साथ छौं’ भन्दै दुई सय शरणार्थी, एक सय स्थानीयबासी र युएनएचसीआरका एक सय कर्मचारीसहित करिब चार सयजना सहभागी…