भारतीय खेलमन्त्रीको मान्यता रद्द गर्ने ओलम्पिक आयोजक समितिको चेतावनी • Image Khabar Image Khabar


भारतीय खेलमन्त्रीको मान्यता रद्द गर्ने ओलम्पिक आयोजक समितिको चेतावनी


Imagekhabar
२८ श्रावण २०७३, शुक्रबार २०:३७

भारतीय खेलमन्त्रीको मान्यता रद्द गर्ने ओलम्पिक आयोजक समितिको चेतावनी

ब्राजिल, साउन २८ । रियो ओलम्पिक आयोजक समितिले भारतीय खेलमन्त्री विजय गोयलको मान्यता (एक्रेडिटेशन) रद्द गर्ने चेतावनी दिएको छ ।

रियो ओलम्पिकमा खेलाडीको हौसला बढाउन भन्दै ब्राजिल पुगेका भारतीय खेलमन्त्री गोयलको व्यवहारका कारण उनको मान्यता नै रद्द गर्ने अवस्था आएको आयोजक समितिको भनाई छ ।

समाचार एजेन्सीहरुका अनुसार गोयलले केही सहयोगीलाई ओलम्पिक प्रतियोगितामा विशिष्ट अतिथिहरुका लागि प्रवेश अनुमति दिइने क्षेत्रमा विना पास लैजान खोजेपछि विवाद भएको हो ।

यस क्रममा गोयलले देखाएको व्यवहार ‘अशोभनीय’ रहेको रियो ओलम्पिक आयोजक समितिको भनाई छ । समितिका तर्फबाट भारतीय टोलीका प्रमुख राकेश गुप्तालाई यसबारे पत्र पठाइएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्