Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेपाल लगातार तेस्रो जितसहित एसीसी महिला यू-१९ प्रिमियर कपकाे क्वाटरफाइनलमा प्रवेश

हङकङ भने १८१ रनको फराकिलो अन्तरले पराजित

13
Shares

काठमाडाैं । एसीसी महिला यू–१९ प्रिमियर कपमा नेपाल लगातार तेस्रो जितसहित क्वाटरफाइनलमा पुगेको छ ।

मलेसियाको बायोमास ओभलमा मंगलबार भएकाे खेलमा हङकङलाई १ सय ८१ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ‘डी’ को समूह विजेता बनेर नेपाल क्वाटरफाइनल प्रवेश गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले हङकङलाई २ सय १२ रनको बलियो लक्ष्य दिएको थियो ।

हङकङले २० ओभरमा ९ विकेट गुमाएर ३० रन मात्र बनाउन सक्यो । नेपालका कप्तान सोनी पाख्रिनले ४ तथा मनिषा उपाध्यायले २ विकेट लिएकी हुन् । त्यसअघि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो । कप्तान सोनी पाख्रिनले सर्वाधिक ९० रन बनाएकी छन् ।

सावित्री धामीले ५२ तथा अलिशा यादवले अविजित २३ रन जोडेकी हुन् । नेपालले यसअघि पहिलो खेलमा कतारलाई १ सय ५ रनले अनि दोस्रो खेलमा सिंगापुरलाई १ सय ५१ रनले पराजित गरेको थियो ।