म्याचमा उत्रेपछि उनको लक्ष्य स्वर्णपदक चुम्नेमात्र हुन्छ । अहिलेसम्म खेलपिच्छे प्राय स्वर्णपदकमा कब्जा पनि जमाएकी नै छन् । पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजतपदकमा चित्त बुझाएपनि त्यसपछिको छैटौं र सातौं राष्ट्रिय खेलमा सुनिताले लगातार स्वर्णपदक जितिन् । कन्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुरका उनले स्वर्णपदक सहजै जितेकी भने होइन । कन्चनपुरकै पहिलो जुडो खेलाडी सुनिताले जुडो खेल्न थालेको…